Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौंका विभिन्न स्थानमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौँका यी सात स्थानमा गरिदैँछ परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेका ठाउँहरुमा काठमाडौँ महानगर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् ।

धेरै संक्रमित भएका असन, डिल्लीबजार, न्यूरोड, वालुवाटार, कोटेश्वर तथा भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर लगायतका स्थानमा महानगरपालीकाको सहकार्यमा एन्टीजेन परीक्षण गरिने महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले जानकारी दिनुभयो । यसको सुरुवात कालिमाटी फलफूल तथा तरकारी बजारबाट गरिएको छ ।


‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न आग्रह गरिएको महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारी बताउनुभयो ।

एन्टीजेन परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुने उहाँको भनाई छ ।

पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरिनेछ । जसकालागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्