कोरोना संक्रमणबाट हाडजोर्नी विशेषज्ञ डा. मुकेश चौधरीको निधन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिरहामा कोरोना संक्रमणबाट एक चिकित्सकको निधन भएको छ ।
लहान नगरपालिका वडा नं. ६ का हाडजोर्नी विशेषज्ञ डा. मुकेश चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि डा. चौधरी ९ दिन देखि होम आइसोलेसनमा बसिरहनुभएको थियो ।
एक्कासी स्वास्थ्य अवस्था बिग्रएपछि थप उपचारका लागि नोबेलमा लागिएको केहि बेरमै उहाँको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिनुभयो ।
३५ वर्षिय डा. चौधरीले लहानमा डायग्नोटिक सेन्टर सञ्चालन गर्दै आउनुभएको थियो ।