Logo
|
Friday 26th April 2024
Logo

epaper

भक्तपुरमा जेठ ६ देखि भेरोसेलको दोस्रो डोज, १० वटै वडामा खोप केन्द्र



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर नगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने भएको छ ।

नगरपालिकाले एक सुचना प्रकाशित गर्दै वैशाख ४ देखि १५ गतेसम्म पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ जेठ ६ देखि १७ गतेसम्म चरणबद्ध रुपमा खोप लगाउने जनाएको छ।

नगरपालिकाले १० वटै वडामा खोप केन्द्र तोकेको छ। तालिका अनुसार आ–आफ्नो वडामा गएर खोपको दोस्रो डोज लगाउन नगरपालिकाले आग्रह गरेको छ।

साथै खोप लगाउन आउदा पहिलो डोज लगाउँदा दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर आउन पनि नगरपालिकाले अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्