८ हजार २०३ मा कोरोना संक्रमण पुष्टि, १९६ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
२०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८२०३ जना संक्रमित भएका हुन् । सोही अवधिमा ६८९१ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टामा १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना गरी उपत्यकामा २६३५ जना कोरोना संक्रमित भएका छन् ।