Logo
|
Thursday 25th April 2024
Logo

epaper

नयाँ भेरियन्टको कोरोना संक्रमण हुदाँ देखिने यी पाँच लक्षण, जान्नुहोस्



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ भेरिएन्टको कोरोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ । जसका कारण पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् :

दिमागमा असर
नयाँ भेरियन्टको को(रोनाले दिमागमा पनि असर गर्ने गरेको छ जसका कारण संक्रमितहरुमा बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुनेलगायत रहेको विज्ञहरु बताउँछन् । कुनै सजिलो काम गर्न पनि अल्छी लागिरहेको छ भने कुनै शब्द बोल्न खोज्दा रोकावटजस्तो महसुस भइरहेको छ भने त्यो नयाँ भेरियन्टको कोरोना हुनसक्ने विज्ञहरुको दाबी छ ।

स्वाँसप्रश्वासमा समस्या
अघिल्लो वर्ष देखिएको कोरोना भाइरसले पनि मानिसको स्वाँसप्रस्वासमा समस्या देखिएको थियो तर नयाँ भेरियन्टको कोरोनामा स्वाँसप्रश्वासमा समस्या देखिनुका साथै छाति दुख्ने समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।

अक्सिजन लेभलमा समस्या
नयाँ भेरियन्टको कोरोनाले मानिसले लिने अक्सिजन लेभलमा पनि समस्या उत्पन्न गराउँछ । को( रोना संक्रमित भएपछि संक्रमितको एयरब्यागमा फ्लुड भरिने हुँदा अक्सिजन लेभल घट्ने विज्ञहरु बताउँछन् ।

ओठमा समस्या

नयाँ भेरियन्टको कोरोनाले ओठमा पनि संक्रमण फैलाउने गरेको छ जसका कारण ओठ निलो हुने विज्ञहरु बताउँछन् । मूलतः यो अक्सिजनको कमीले हुने विज्ञहरुको दाबी छ। यसलाई मेडिकल भाषामा हाइपोक्सिया पनि भनिन्छ।

छातीमा समस्या
छातीमा कुनै किसिमको दुखाइ छ भने त्यो कोरोना संक्रमणका कारण हुनसक्छ किनकि नयाँ भेरियन्टको को( रोना भाइरसले छातिमा असर गर्ने गरेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्