Logo
|
Saturday 18th January 2025
Logo

epaper

कोभिड-१९ उपचारमा खटिएका फ्रन्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्ता

मन्त्रालयले माग्यो कर्मचारीको विवरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड-१९ उपचारमा खटिएका फ्रन्टलाइनरहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १९ बैशाखको मन्त्रिपरिषदको निर्णय अनुसार स्वास्थ्यकर्मी देखि सरसफाईकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चलकसम्मलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता दिने भएको हो ।

मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्