Logo
|
Friday 19th April 2024
Logo

epaper

शुक्रबार ८६०७ जनामा संक्रमण, ७८९० जना संक्रमणमुक्त, १७७ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४०७ जनामा र ८७३ जनाको एन्टिजेन परीक्षण गर्दा २०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ । कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा १७७ जना कोरोना संक्रमितको निधन भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोहि अवधिमा ७ हजार ८९० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोनामुक्तहुनेहरुको संख्या ३ लाख ७४ हजार ८५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्