Logo
|
Friday 26th April 2024
Logo

epaper

अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खाली भए नभएको यसरी अनलाइनबाटै हेर्नुहोस्



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ की छैन् भनेर अनलाइनबाटै हेर्न सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेबसाइटबाटै कुन अस्पतालमा कति बेड खाली छ कति आइसीयु खाली छ र कति भेन्टिलेटर खाली छ भनेर थाहा पाउन सकिने व्यवस्था गरेको छ ।

कुन अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खालि भएको वा नभएको जानकारी लिन सुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ अस्पतालमा बेड, आइसीयु र भेन्टिलेटर खाली भएको वा नभएको थाहा पाउन सकिन्छ ।

साथै प्रदेश र जिल्ला अनुसार कुन अस्पतालमा बेड आइसीयु खाली भएको वा नभएको जानकारी लिन पनि सकिन्छ । तपाईले त्यहाँ उपलब्ध बेड काउन्ट फिल्टर समेत गर्न सक्नुहुन्छ ।

अस्पताल छनोट गरेपछि सो अस्पतलाको क्षमता कति छ र खाली कति छ त्यहाँ डेटा देखाउछ । उक्त अस्पतातको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ । साथै डिटेलमा क्लिक गरेर समेत लोकेसन र फोन नम्बर समेत जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्