Logo
|
Friday 26th April 2024
Logo

epaper

बालबालिकामा देखा पर्ने ‘मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ बारे जान्नै पर्ने कुरा



जनस्वास्थ्य सरोकार । मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्ता पछि देखा पर्दछ ।

यसका लक्षणहरु

  • आँखा रातो हुनु
  • सास फेर्न गाह्रो हुनु
  • घाँटी दुख्नु
  • पेट दुख्नु
  • ज्वरो आउनु
  • पखाला लाग्नु
  • छाला, ओठ वा नङ नीलो हुनु
  • शरीरमा डाबर आउनु
  • थकान महशुस हुनु

कोरोना संक्रमित वा संक्रमित संग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्य कम्तिमा दुइओटा लक्षण देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बालबालिकामा यस्ता लक्षण देखा परे के गर्ने ?
यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन । तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । त्यसैले यस्तो समस्या आउन नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउनु पर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्