Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट ज्यान गुमाएका प्रयोगशालाकर्मी र स्वास्थ्यकर्मीको सम्झनामा दीप प्रज्वलन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को १६ औ स्थापना दिवसको अवसरमा सात वटै प्रदेशको मुख्य शहरहरूमा दीप प्रज्वलन गरिएको छ ।


मेलानले बुधबार साँझ विराटनगर, इटहरी, जनकपुर, सिराहा, विरगञ्ज, भरतपुर, हेटौडा, धुलिखेल, काठमाडौ, बुटवल, रुकुम, बाँके, सुर्खेत, धनगढी, मलंगवा लगायतका शहरहरूमा दीप प्रज्वलन गरिएको हो।


कोभिड-१९ को महामारीमा ज्यान गुमाएका अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु लगायत अन्य विश्व भरिका मानव जातीको आत्माको चिर शान्तीको कामना गर्दे १ मिनेटको मौन धारण सहित दीप प्रज्वलन गरिएको मेलान अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्