Logo
|
Thursday 25th April 2024
Logo

epaper

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शताब्दी पुरुष एवम् वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । छाती दुखेपछि गएको बुधवार दिउँसो उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

अहिले उहाँको श्वासप्रश्वास र रक्तचाप सबै सामान्य रहेको छ भने स्वास्थ्यमा पनि सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ ।

​उहाँलाई एक दुई दिन प्रत्यक्ष निगरानीमा उपचार गरेपछि घर पठाइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्