Logo
|
Tuesday 16th April 2024
Logo

epaper

बी एन्ड सी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौ । झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष कको निर्देशनमा कलेजलाई सम्बन्धन दिने निर्णय भएको जनाइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेर बाहिरिएको र त्यसपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्