Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौंद्धारा कठिन अवस्थामा गुज्रिएकाहरुलाई खाद्यान्न र नगद वितरण



जनस्वास्थ्य सरोकार, काठमाडौं । मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौंले कोभिड महामारीले जीविकोपार्जन गर्न कठिनाइ परेका ३५ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

काठमाडौंको सामाखुशी कार्यालयबाट मिर्गौला पीडित, स्कूलमा काम गर्ने महिला, गाडी दुर्घटनामा अशक्त भएका, पाठेघरमा समस्या भएका महिला, अपांग व्यक्ति, प्यारालाईसिस भएर धेरै लामो समयसम्म बसेका, क्यान्सर पीडित, असहाय वृद्धबृद्धालाई सहयोग गरेको हो ।

उक्त सहयोग मेची महाकाली राहत कोष काठमाडौंद्धारा भएको सचिव रेखा थापाले बताउनुभयो । प्रति व्यक्ति १० हजार नगदसमेत वितरण गरिएको थियो ।
संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्वाको प्रेरणा र केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेको निगरानीमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल जर्नी संस्थाका अध्यक्ष मौसम श्रेष्ठ र काठमाडौं अध्यक्ष गोपाल भण्डारीको समन्वयमा भएको सो कार्यक्रम सफल बनाउन बागमति प्रदेश कार्यक्रम तथा काठमाडौं संयोजक अञ्जिला श्रेष्ठ, सहसंयोजक हरि पौडेल, सचिव रेखा थापा, उपाध्यक्ष कविता श्रेष्ठ, सदस्य लक्ष्मी बस्नेत, अम्बिका कँडेल, सानु शर्मा, हेमा शेरचनलगायतको भूमिका महत्वपूर्ण छ । उहाँहरु अहोरात्र खटिनुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्