Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर २२३९ जनामा संक्रमण, १३१६ निको, २० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ६ हजार ६५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा र ४ हजार ६५६ जनाको एन्टीजेन गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा १ हजार ३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो चौबिस घण्टामा कोरोनाबाट २० जनाको दुखद निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्