Logo
|
Friday 19th April 2024
Logo

epaper

भोलिदेखि जोन्सोन एण्ड जोन्सोन र भेरोसिल खोप लगाइने,कस-कसले लगाउन पाउनेछन् ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । भोलिदेखि जोन्सोन एण्ड जोन्सोन र भेरोसिल खोप लगाइने अभियान शुरु हुनेभएको छ । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिदेखि असार २९ गतेदेखि खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भोलि मंगलबारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको जनाइएको छ । सरकारको निर्णयअनुसार भेरोसेल ५५ वर्ष माथि उमेरका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने व्यक्तिलाई लगाइने छ । यसैगरी जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपांग भएका, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्यकर्मीलाई लगाइने छ ।
खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्