Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौंमा साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाइने

४४ केन्द्रबाट खोप दिइने जिप्रका काठमाडौंको जानकारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं जिल्लामा साउन ४ गतदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप लगाइन शुरु गरिने भएको छ । सो खोप काठमाडौंका ४४ केन्द्रबाट उपलब्ध गराइने छ । कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप एक डोज मात्र दिइन्छ ।

आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप दिने निर्णय गरेको छ ।

अमेरिकाबाट असार २८ गते जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने सोमबार नै सरकारले निर्णय गरेको थियो ।

आजदेखि काठमाडौँमा चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिसकिएको छ । ५५ वर्षदेखि माथिका नागरिक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सर्वाजनिक यातायातमा कार्यरत चालक र सहचालक, खोप लगाउन छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्