Logo
|
Friday 26th April 2024
Logo

epaper

पछिल्लो २४ घण्टामा २९०५ संक्रमित थपिए, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २९०५ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १३०२४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २९०५ जनामा संक्रमण पुष्टि भएको हो । ८१०८ जनाको पीसीआर परीक्षण गर्दा २०१० र ४९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्