Logo
|
Thursday 25th April 2024
Logo

epaper

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प, सरकारले चासो नदेखाए थप आन्दोलन गर्ने चेतावनी



जनस्वास्थ्य सरोकार, सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै आज बिहान ८ देखि १० बजेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन ।

वीपी प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिका नेतृत्वकर्ता डा. विष्णु पोखरेलले बिरामीको अवस्थालाई ध्यानमा राखेर सांकेतिक रुपमा दुई घण्टा सेवा ठप्प पारिएको बताउनुभयो ।

उहाँले अझै पनि प्रतिष्ठान सुधार गर्न सरकारले चासो नदेखाए थप आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

यता प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीले आन्दोलनकारीलाई दोस्रो पटक वार्तामा बोलाउनु भएको छ । तर वर्तमान पदाधिकारीसँग छलफल र संवाद नगर्ने आन्दोलनकारीले अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्