Logo
|
Friday 26th April 2024
Logo

epaper

घरेलु मदिरा सेवनबाट चार जनाको मृत्यु, दुईको अवस्था गम्भीर



जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले जानकारी दिनुभयो ।

उनीहरु गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीले बताउनुभयो ।

गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइरहेको छ ।

दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताउनुभयो ।

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुको अवस्था गम्भीर रहेको छ ।
होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नम्बरमा सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्