Logo
|
Thursday 25th April 2024
Logo

epaper

मेयर मानबहादुर जिसीको उपचारका लागि पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ दिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेयर मानबहादुर जिसीको उपचारका लागि पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ दिने भएको छ ।

गत साउन १ गते मस्तिष्कघातबाट पीडित मेयरको उपचारका लागि महानगर उपमेयर मञ्जुदेवी गुरुङको अध्यक्षमा मंगलवार बसेको ५१औं कार्यपालिका बैठकले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मेयर जिसीको हाल काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सो रकम प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

उहाँलाई शुरूमा हृदयघात भनिएकोमा मणिपालमा उपचारार्थ लैजाँदा चिकित्सकले मस्तिष्कघात पुष्टि गर्दै थप उपचारका लागि काठमाडौं रेफर गरेका थिए । उहाँलाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

उहाँको शल्यक्रिया समेत भएको छ । हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्