Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौँमा १८ वर्षमाथिका सबैले जोन्सन एण्ड जोन्सन खोप लगाउन पाउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा १८ बर्षभन्दा माथिका सबैले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंले आजदेखि १८ वर्षभन्दा माथिका सबै उमेर समूहकालाई खोप दिन लागेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४६ हजार डोज खोप उपलब्ध गराएको थियो। तर, दुई दिनमा जम्मा ४६ हजारले मात्रै खोप लगाएपछि बाँकी रहेको १ लाख डोज सबै समुहलाई लगाउन लगिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

खोप कार्यक्रम बिहिबार र शुक्रबार सम्म चल्ने छ । काठमाडौंमा ५५ भन्दा बढी खोप केन्द्रमा जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ ।

यसअघि देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइएको छ ।

अमेरिकाले अनुदान स्वरुप १५ लाख भन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराएको हो । जोन्सन एण्ड जोन्सन खोप साउन ४ गतेदेखि लगाउन थालिएको हो ।

यी हुन् महानगरले तोकेको काठमाडौँका २८ खोप केन्द्रहरु

१. वीर अस्पताल(महाबौद्व)
२. त्रिवि शिक्षण अस्पताल(महाराजगञ्ज)
३. निजामती कर्मचारी अस्पताल(बानेश्वर)
४. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल(टेकु)
५.परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल(थापाथली)
६. काठमाडौं मेडिकल कलेज(सिनामंगल)
७.नेपाल प्रहरी अस्पताल (पानीपोखरी)
८.वीरेन्द्र सैनिक अस्पताल (छाउनी)
९. पिपल्स डेण्टल तथा जनरल अस्पताल (सोह्रखुट्टे)
१०. हिमाल अस्पताल (ज्ञानेश्वर), सामुदायिक स्वास्थ्यसेवा परिषद (डल्लु)
११. छत्रपाटी निःशुल्क चिकित्सालय (क्षेत्रपाटी)
१२. जनमैत्री अस्पताल (बालाजु)
१३.मनमोहन अस्पताल (स्वयम्भू)
१४. काठमाडौं मोडल अस्पताल (प्रदर्शनी मार्ग),
१५.ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर (धुम्बाराही)
१६. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र (बाँसबारी)
१७. नेशनल हस्पिटल (कलङ्की)
१८. रामघाट प्राथमिक स्वास्थ्य केन्द्र (गौशाला)
१९. कान्तिपुर अस्पताल (तीनकुने)
२०. राधास्वामी आइसोलेशन सेन्टर (बसुन्धरा)
२१. जनकल्याण माध्यमिक विद्यालय(महांकाल)

२२. नरदेवी आयुर्वेद अस्पताल (नरदेवी)
२३. महेन्द्रनारायणनिधि अस्पताल (बसुन्धरा)
२४. नेपाल भारत मैत्री अस्पताल (चावहिल)
२५. मेट्रो अस्पताल (नारायण गोपाल चोक)
२६. इरा इन्टरनेशनल अस्पताल (सोह्रखुट्टे)
२७. हेल्पिङ् ह्याण्ड्स अस्पताल (चावहिल)

२८. सामुदायिक स्वास्थ्यसेवा परिषद (डल्लु) ।

प्रतिक्रिया दिनुहोस्