Logo
|
Friday 26th April 2024
Logo

epaper

के हो खोप पासपोर्ट, किन यति धेरै विवादित?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । केही देशमा कोभिड-१९ विरुद्ध खोप लिएको प्रमाणस्वरूप कागजपत्र प्रयोग गर्न लागिएको छ । त्यस्तो प्रमाणपत्रलाई साङ्केतिक रूपमा ‘खोप पासपोर्ट’ भनिने गरेको छ ।

यो वास्तविक राहदानी होइन । कुनै व्यक्तिले खोप लिए नलिएको, उसलाई संक्रमण नभएको वा वितग ६ महिनामा निको भएको देखाउने एउटा प्रमाणपत्र हो ।

यात्रा गर्न, ठूला कार्यक्रममा सहाभागी हुन तथा कहिलेकाहीँ रेस्टुराँ र बार जान, चलचित्र हेर्न जादाँ पनि त्यस्तो प्रमाणपत्र अनिवार्य बनाइन सक्छ ।

तर खोप पासपोर्टबारे सबैको धारणा एक छैन, केही पक्ष असन्तुष्ट पनि छन् ।

विश्व स्वास्थ्य संगठनलाई त्यसले खोप आपूर्तिलाई असमान बनाइदिन्छ कि भन्ने डर छ । न्यून आय भएका देशमा कोभिड खोपको केबल ०.५ प्रतिशत मात्र पुगेको छ ।


यसका अलवा चिन्ता गनुपर्ने अन्य कुराहरु पनि छन् । केहि मानिसले केही काम गर्न सक्ने तर अरुले त्यो गर्न नसक्ने हुँदा समाज असमान हुने सम्भावना हुन्छ ।

स्वास्थ्य सम्बन्धि विशेष समस्या भएका केही मानिसले सुरक्षित रुपमा खोप लिन सक्दैनन् । अनि भाइरस फैलिन रोक्न सबै खोप कति प्रभावकारी छन भने अझै स्पष्ट छैन ।


केही देशले यात्राका लागि प्रावधान राख्न थालिसकेका छन । इयूले डिजिटल प्रमाणपत्र बनाउन खोजेको छ । विदेशी यात्रीले आफूले खोप लिएको डिजिटल प्रमाण देखाउन् भनेर दक्षिण कोरियाले एउटा एप बनाउने घोषणा गरिसकेको छ । तर, एप बारे गोपनियताको प्रश्न पनि छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्