Logo
|
Thursday 28th March 2024
Logo

epaper

निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय लिटिल एन्जल्सका सञ्चालक, प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

दोस्रो संविधानसभामा उहाँ २६ मनोनीत सभासदमा पर्नुभएको थियो । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसको तर्फबाट बाट समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने स्वयं आफैंले लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्