Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५० जना निको भएका छन् ।

हाल देशभर २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका २ हजार ६८० जनामध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्