Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा ३३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोपको पहिलो डोज

१३ लाख ९८ हजार १ सय ६८ जनाले लगाए पूर्ण मात्रा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ३३ लाख बढीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३३ लाख ८३ हजार ३८ जनाले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन ।

त्यस्तै १३ लाख ९८ हजार १ सय ६८ जनाले पूर्ण मात्रा लगाइसकेको मन्त्रालयले जनाएको छ । जसमध्ये कोभिसिल्ड खोपको पहिलोमात्रा लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ रहेको छ भने दुबै मात्रा लगाउने ४ लाख ६० हजार ३ सय ८ जना रहेका छन् ।

यस्तै भेरोसेलको पहिलो मात्रा १५ लाख ५४ हजार ५ सय ५४ जनाले लगाएका छन् भने ६ लाख ९४ हजार ५ सय ५५ जनाले दोश्रो मात्रा लगाएका छन् ।

अमेरिकाले अनुदानमा उपलब्ध गराएको जानसन एण्ड जोनसन कम्पनीको कोभिड विरुद्धको खोप लगाउनेको संख्या हालसम्म २ लाख ४३ हजार ३ सय १५ रहेको मन्त्रालयले जनाएको छ । यो खोप एक मात्रा लगाए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्