Logo
|
Saturday 20th April 2024
Logo

epaper

मकवानपुर गढीमा १५ श्ययाको अस्पताल निर्माण



जनस्वास्थ्य सरोकार, वाग्मती। मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा रु ६ करोड ५७ लाखका लागतमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ ।

पन्ध्र श्ययाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिनुभयो ।

अस्पताल बनाउन स्थानीयवासी नरबहादुर स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८(०७९मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनुभयो ।

अस्पताल नहुँदा उपचारका लागि हेटौँडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले सुत्केरी भत्ताबापत रु पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत रु दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर रु पाँच हजार कायम गरेको अध्यक्ष हुमागार्इंले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्