Logo
|
Thursday 25th April 2024
Logo

epaper

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा आगामी भदौ १७ र १८ गते हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकहरुको लाइसेन्स परिक्षा (स्पेशल इक्जामिनेसन) आगामी भदौमा गर्ने भएको छ ।


काउन्सिलले सुचना जारी गर्दै विशेष परीक्षा आगामी भदौ १७ र १८ गते हुने जनाएको हो । उक्त परीक्षाका लागि अनलाइन आवेदन साउन १३ गते (भोलि) देखि खुल्ला गरिने भएको छ ।


परीक्षामा सहभागी हुन इच्छुक परीक्षार्थीले exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम भदौ २ गते सम्म अनलाइन आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

विशेष परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक, ललितपुरमा सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्