Logo
|
Tuesday 16th April 2024
Logo

epaper

कोरोना संक्रमणको बढ्दो ग्राफ: ३८९९ जनामा संक्रमण, २० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घण्टामा देशरभर ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेका संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।

त्यस्तै मंगलबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ७५८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्