Logo
|
Friday 26th April 2024
Logo

epaper

आज विश्व हेपाटाइटिस दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस पर्खिनुहुन्न’  भन्ने तय गरिएको छ ।

यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाइका दिन विश्वभर मनाउन थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाइ २८ देखि मात्र मनाउन थालिएको हो ।

विभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।

प्रदूषित पानी, बच्चाको दिशा, रगत, सिरिञ्ज, असुरक्षीत यौन सम्पर्क, आमाबाट बच्चामा गरी यो रोग लाग्ने र सर्ने गर्छ । हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । हेपाइटाइटिसका कारण वर्षेनी विश्वभर ४० करोड भन्दा बढि मानिस संक्रमित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुई लाख पचास हजार मानिसहरूमा हेपाटाइटिस ‘बि’ र लगभग एक लाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सी’ अनुमान गरिएको छ ।

डब्लुएचओका अनुसार हेपाटाइटिसबाट हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यसमध्ये हेपाटाइटिस “बी” र हेपाटाइटिस “सी” बाट ९० प्रतिशतको मृत्यु हुन्छ, जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन ।

प्रतिक्रिया दिनुहोस्