Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा थप ३८४० जनामा संक्रमण, १९९३ निको, ३३ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्