काठमाडौंमा आजदेखि ५० वर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस विरुद्धको भेरोसेल खोप लगाइँदै छ। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।
खोप लगाउनका लागि काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन्। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ।
ज्येष्ठ नागरिकलाई खोप लगाउन सहज होस् भनेर महानगरका सबै वडामा खोप केन्द्र तोकिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो । उहाँले सूचना जारी गरी खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा वडाबाट उमेर प्रमाणित हुने कागजपत्र लिएर आउन आग्रह गर्नुभएको छ ।
आज बिहान १० बजेदेखि बेुलका ५ बजेसम्म खोप लगाइने महानगरले जनाएको छ।

