Logo
|
Thursday 25th April 2024
Logo

epaper

कक्षा १२ का विद्यार्थीले कोरोना विरुद्धको खोप तत्काल नपाउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई कोरोना संक्रमण विरुद्धको खोप दिन नसक्ने स्पष्ट पारेको छ ।

यही साउन ३१ गते देखि सुरु हुने परीक्षामा सहभागी हुने विद्यार्थीका लागि खोपको व्यवस्था गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुझाएपनि सम्भव नरहेको मन्त्रालयले जनाएको हो ।

खोप लगाउने लक्षित उमेर समुह तय भईसकेको तथा उनीहरुका लागि आवश्यक दोस्रो मात्राको खोपका व्यवस्था गर्नुपर्ने भएकाले विद्यार्थीले तत्काल खोप नपाउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनुभयो । करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् ।

यसअघि हिजो बसेको समितिको बैठकले खोपको वास्तविक अवस्था नै नबुझी कक्षा १२ को परीक्षा अगावै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्