Logo
|
Friday 26th April 2024
Logo

epaper

महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा निःशुल्क विशेषज्ञ सेवा

ल्याव परीक्षणमा ५० प्रतिशत छुट



जनस्वास्थ्य सरोकार, काठमाडौं । विशेषज्ञ स्वास्थ्य सेवासहित आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालन भइरहेको वसुन्धरास्थित महेन्द्र नारायणनिधि मेमोरियल अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै २ साता निःशुल्क विशेषज्ञ सेवा शुरु गरेको छ । साथै ल्याव परीक्षणमा ५० प्रतिशत र भर्ना हुने बिरामीहरुको लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

आगामी २३ गतेसम्मका लागि हरेक दिन बिहान ७ बजेदेखि अपरान्ह १२ बजेसम्म बिरामीहरुले छातिरोग, कलेजो, ग्याँष्ट्रिक, मुटु, शरीरका गाठागुठी, हर्निया हाइड्रोसिल, पाइल्स, फिस्टुला, फिसर, प्रशुति तथा स्त्रीरोग साथै पाठेघरसम्बन्धि चेक जाँचहरु अनुभवी तथा दक्ष चिकित्सकत्सकहरुबाट निःशुल्क प्राप्त गरिरहेको अस्पतालकी प्रशुति तथा स्त्री रोग विशेषज्ञ एवं मेडिकल डाइरेक्टर डा. सभाना प्रधानले जानकारी गराउनुभयो ।

महेन्द्रनारायण निधि मेमोरियल अस्पताल बसुन्धारामा आफ्नै नयाँ भवन निर्माण भएपछि केही समयअघि सरेको हो । यो १ सय वेडको हस्पिटल हो । यसको आफ्नै २ वटा मेजर अपरेटिङ रुम, आईसियू सेवा, एचडियू सेवा, एनआईसियू सेवा छ । लेवर रुम छ । प्राइभेट वार्डहरु रहेका छन् । डिलक्स रुम छन् । अत्याधुनिक मेडिकल उपकरणहरुको सुविधा भएको मेडिकल डाइरेक्टर डा. प्रधानले बताउनुभयो ।

शुरुका चुनौतिहरुलाई ध्यान दिएर अस्पतालाई सिस्टममा ढालिएको डा. प्रधानले स्पष्ट पार्नुभयो ।

‘गुणस्तरीय सेवा पाउनुहुनेछ भन्ने कुरामा हामी इन्स्योर गर्न चाहन्छौं ।’—अस्पतालकी सिईओ सची रेग्मीले भन्नुभयो—‘गुणस्तरीय मेन्टेन हुन्छ, इन्फेक्सन कन्ट्रोलमा विशेष ध्यान दिएका छौं । सस्तो र सुलभ रुपमा सेवा उपलब्ध गराइएको छ ।’

नेपाल सरकारको निर्देशन अनुसार १० प्रतिशत वेड असहाय बिरामीहरुलाई छुट्याएका सिइओ रेग्मीले जानकारी गराउनुभयो । अस्पतालमा ओपिडी शुल्क ५० रुपियाँ निर्धारण गरिएको छ भने सुपर स्पेशलिष्ट कन्सल्यान्ट शुल्क ५०० निर्धारण गरिएको छ । अस्पतालमा इमर्जेन्सी शुल्क २ सय रुपियाँ मात्र तोकिएको सिइओ रेग्मीले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्