Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

जापान सरकारले उपलब्ध गराउने खोपको पहिलो खेप शनिबार आइपुग्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ ।

आज र भोलि जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरी जनाएको छ ।

बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड-१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गर्नुभएको छ ।

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्