Logo
|
Friday 19th April 2024
Logo

epaper

३ हजार ४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ३२७ जनाको मृत्यु भइसको छ । त्यस्तै २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन । देशभर सक्रिय संक्रमितहरुको संख्या ३९ हजार ३७१ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्