Logo
|
Friday 26th April 2024
Logo

epaper

एस्ट्राजेनेका खोप १८ वर्ष उमेर पुगेका विद्यार्थीले पनि पाउने, ४० वर्षमाथिकालाई आजदेखि भेरोसेल खोप



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थी र सीमा नाकाका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्ने नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।


ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाएर बाँकी रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एस्ट्राजेनेका खोपको दायरा बढाएको हो । जापान र भुटानले साउन अन्तिममा ११ लााख डोज एस्ट्राजेनेका खोप दिएका थिए । त्यो खोपको प्रयोग मिति यहि अगस्ट महिनामा सकिंदैछ ।

जापानबाट अर्को साता एस्ट्राजेनेकाको थप खोप आउँदैछ । स्वास्थ्य सेवा विभागको, परिवार कल्याण महाशाखाले सबै प्रदेश निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट निर्णय गराई लक्षित समूह बाहेक १८ वर्ष उमेर पुगेका १२ कक्षाका विद्यार्थी र सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई एस्ट्राजेनेका खोपको पहिलो डोज दिन पत्राचार गरेका छन्।


यस्तै, काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई आजदेखि भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार यवे उमेर समूहका लागि खोप अभियान ६ गतेसम्म सञ्चालन हुने छ ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले पनि खोप पाउने छन् । काठमाडौंमा ४० भन्दा बढी खोप केन्द्र तोकिएका छन्

प्रतिक्रिया दिनुहोस्