Logo
|
Friday 26th April 2024
Logo

epaper

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा राति ८ः०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८ः०० बजेसम्मको समयावधि हटाइएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिनुभयो ।

उहाँले साबिक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताउनुभयो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ः०० बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो । रासस

प्रतिक्रिया दिनुहोस्