Logo
|
Friday 29th March 2024
Logo

epaper

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ। सरकारले चीनबाट खरीद गरेको ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाजबाट उक्त खोप ल्याइएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत थप ४४ लाख खोप काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।

सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आएको थियो । बाँकि रहेको ४४ लाख डोज खोप आज आइपुगेको हो ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

उक्त खोप आजदेखि प्रदेश स्तरमा वितरण गरी तुरुन्तै लगाउन सुरु गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्