Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर १५५८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६६५ नमुनाको पीसीआर जाँच गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन जाँच गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्