Logo
|
Thursday 23rd January 2025
Logo

epaper

पुनः पक्राउ परे अस्पतालबाट फरार थुनुवा



नेपाल हेल्थ न्युज, चितवन। उपचारका क्रममा अस्पतालबाट फरार भएका एक थुनुवालाई चितवन प्रहरीले पुनः पक्राउ गरेको छ।

लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरी माघ ६ गते बकुलहर टाँडी अस्पतालबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चौधरीलाई माघ ३ गते अचानक ज्वरो आएपछि उपचारको लागि अस्पताल पठाइएको थियो।

चौधरी अस्पतालबाट फरार भएसँगै प्रहरीको खोजी सुरु भएको थियो। उनलाई माघ ९ गते, बुधबार, कालिका–३ स्थित थाङखोला सामुदायिक वनमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्