Logo
|
Thursday 23rd January 2025
Logo

epaper

करार सेवा कार्यविधि, २०७८ खारेज गर्न सिभिल सर्भिस हस्पिटल कर्मचारी संघको माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजामती कर्मचारी अस्पताल कर्मचारी संघले अस्पतालमा करारमा कार्यरत कर्मचारीहरुको अवमुल्यन हुने गरी ल्याएको अस्पतालको करार सेवा कार्यविधि, २०७८ प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।


करार कार्यविधिमा भएका प्रत्येक बुँदाहरु कर्मचारीको भावना विपरित भएको र कार्यकारी निर्देशकको भुमिका, बोली एवं व्यवहारमा एकरुपता नभएको भन्दै संघले गम्भिर आपत्ति जनाएको हो ।


संघले निजामती कर्मचरी अस्पताल (कर्मचारी सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनिमय २८, २९ र ३१ व्यवस्था बमोजिम कर्मचारीको स्थायित्व सुनिश्चित गर्न र करार कार्यविधि, २०७८ खारेज गर्न माग गरेको छ ।

कर्मचारीको स्थायित्वको विषयमा अस्पताल विकास समितिको अध्यक्ष (मुख्यसचिव) को निर्देशनमा सचिवहरुको उस्थितिमा लोक सेवा आयोगका अध्यक्षसँग भेटेर करारका समस्याबारे निकास खोजिने आश्वासन दिँदै आएकोमा त्यसलाई नै असर पर्ने गरि ल्याइएको कार्यविधिले सम्पुर्ण अस्पताल व्यवस्थापन प्रति ससंकित हुनुपरेको निजामति कर्मचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताउनुभयो ।

अस्पतालले कारार कार्यविधि सुधारेर कर्मचारीका जायज मागलाई सम्बोधन नगरे कार्मचारी संघले निरन्तर गर्दै आएको आन्दोलन संघको अग्रसरतामा सम्पुर्ण चिकित्सक तथा कर्मचरीलाई गोलबद्द गरी चरणबद्ध आन्दोलन कार्यक्रमलाई निरन्तरता दिने संघले चेतावनी दिएको छ ।
संघले करारमा कार्यरत कर्मचारीको भावनामा ठेस नपुर्याउन र यसप्रति गम्भीर हुन जोडदार माग गरेको छ ।


यसअघि डाक्टर्स एसोसियसन अफ सिभिल सर्भिस हस्पिटलले जायज माग १० दिनभित्र पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।
एसोसियसनका अध्यक्ष डा. सुमन बाबु मरहठ्ठाले करार कार्यविधिलाई सुधारेर कार्मचारीको हकहितको सुरक्षालाई सम्बोधन हुनेगरी संशोधित करार कार्यविधि ल्याउनुपर्ने र हालको सेवा सुविधा सम्बन्धित नियमहरु परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्