Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतले आगामी अक्टोबर महिनादेखि कोरोना खोप निर्यात शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मंडावियाले सो घोषणा गर्नुभएको हो । उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो ।

भारतका स्वास्थ्यमन्त्री मंडावियाले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । खोप निर्यातमा प्रतिबन्ध हटेसँगै नेपालले सिरम इन्सिच्युटसँग खरिद गरेको १० लाख डोज खोप नेपाल आउने सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस्