Logo
|
Thursday 25th April 2024
Logo

epaper

अघि बढ्यो १२ औं तहका स्वास्थ्य कर्मचारीको बढुवा प्रक्रिया



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहका स्वास्थ्य कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाएको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेका तीन पदमा बढुवा गर्नका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण पेश गर्न भनेको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा नेपाल स्वास्थ्य सेवा अधिकृत बाह्रौँ तहको रिक्त पद संख्या ३ (तीन) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा गर्नुपर्ने भएकाले २०७८ असार मसान्तसम्म न्युनतम पाँच बर्ष सेवा अवधी पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्वन्धी व्यक्तिगत फारम डाउनलोड गरी उक्त विवरण सम्वन्धित निकायबाट प्रमाणित गराई १५ दिन भित्र बढुवा शाखामा दर्ता गराउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्