Logo
|
Thursday 25th April 2024
Logo

epaper

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवास्तर खस्किएको काउन्सिलको निष्कर्ष



जनस्वास्थ्य सरोकार, सुनसरी । नेपाल मेडिकल काउन्सिलले सुनसरीको धरानस्थित बीपी कोइला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपिकेआईएचएस) मा व्यवस्थापन सेवास्तर खस्किएको निष्कर्ष निकालेको छ ।

उपकरण, रिएजेन्ट किटजस्ता कुरा नहुँदा आधाभन्दा बढी परीक्षण प्रतिष्ठानभित्र नहुने, प्रयोगशालाको रिपोर्ट ठीक नआउने र काउन्सिलको मापदण्डअनुसार मेडिकल रेकर्ड व्यवस्थित तरिकाले नराखेको काउन्सिलको अध्ययनले देखाएको छ ।

काउन्सिलले गत भदौ २ गतेदेखि ४ दिनसम्म स्थलगत गरेको निरिक्षणले सो निष्कर्ष निकालेको हो । सो बारे विस्तृत विवरण कासन्सिललका उपाध्यक्ष डा.नारायणविक्रम थापा र सदस्य डा. प्रेनितकुमार पोखरेलले निरीक्षणपछि प्रतिवेदन सरकारलाई बुझाइसकेको जानकारी पाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्