Logo
|
Thursday 28th March 2024
Logo

epaper

एन्टिजेन परीक्षणमा डेढ गुना बढी शुल्क असुल्ने सुमेरु सिटी अस्पताललाई जरिवाना



जनस्वास्थ्य सरोकार, ललितपुर । कोभिड १९ को एन्टिजेन परीक्षणमा सरकारले तोकेकोभन्दा डेढ गुना बढी शुल्क लिएको भेटेपछि जावलाखेलमा रहेको सुमेरु सिटी अस्पताललाई जरिवाना तिराइएको छ ।

सेवाग्राहीको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय ललितपुरले अस्पताललाई एन्टिजेन परीक्षणमा बढी शुल्क लिएको भेटेपछि २० हजार रुपियाँ जरिवाना तिराएको हो ।

अस्पताले सेवाग्राहीबाट २ हजार २ सय शुल्क लिएको थियो जव कि सरकारले एन्टिजेन परीक्षणमा १ हजार रुपियाँ तोकेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संयुक्त बजार अनुगमन गर्दा एन्टिजेन परीक्षणमा अत्यधिक शुल्क लिएको पाइएपछि कारबाही गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्