Logo
|
Thursday 25th April 2024
Logo

epaper

मुलुकमा भाइरसको जीन सिक्वेन्सिङ परीक्षण शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ (जेनेटिक वनावट) परीक्षण शुरुवात् भएको छ । यो भाइरसको म्युटेसन पत्ता लगाउने परीक्षण हो ।

त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा गरी जम्मा ४२ वटा नमुनाहरु सिक्वेन्सिङ गरिएको छ । भाद्र र असोजमा संकलन गरिएका ४१ वटा नमुनामा डेल्टा भेरियन्ट देखिएको छ ।

यसअघि वैशाखमा एउटा एस जीन नेगेटिभ भएको नमूनामा अल्फा भेरियन्ट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्