Logo
|
Saturday 27th April 2024
Logo

epaper

औषधिको मूल्य बृद्धि नगरेको औषधि व्यवस्था विभागको स्पष्टोक्ती



जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले नेपाल सरकारले कुनै पनि औषधिहरुको मूल्य बृद्धि नगरेको बताएको छ ।

औषधिको मूल्य बृद्धिसम्बन्धि विभिन्न अनलाईन न्युज पोर्टलहरुमा आएका समाचारहरु गलत र भ्रमपूर्ण रहेको बताउँदै विभागले औषधि ऐन, २०३५ को दफा २६ मा विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई औषधिको मूल्य वृद्धि गर्नसक्ने व्यवस्था रहेपनि हालसम्म कुनै पनि औषधिको मुल्य बृद्धि नभएको उल्लेख गरेको छ ।

विभागले २०७२ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन गरेर विभिन्न ९६ प्रकारका औषधि तथा २१ प्रकारका औषधिहरुको प्रक्रिया पूरा गरी राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना प्रकाशित गरी मूल्य निर्धारण गरेको बाहेक अन्य कुनै औषधिहरुको मूल्य निर्धारण नगरेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्