Logo
|
Saturday 20th April 2024
Logo

epaper

संक्रमितको तुलनामा निको हुने बढी, मंगलबार १,१५८ मा कोरोना पुष्टि भएकोमा निको हुनेको संख्या १,३१८



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा मंगलबार १ हजार १ सय ५८ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको १४ हजार ३ जनाको परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ६ सय ७२ जनाको पिसिआर र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

मंगलबार थप १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ । नेपालमा हाल १८ हजार ४२२ जना सक्रिय संक्रमित छन्।

मंगलबार एक हजार तीन सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत रहेको छ।

यसैगरी काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्