Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भीडभाड, मेला-महोत्सव तथा जात्रा नगर्न सिडीओ कार्यालय काठमाडौंद्धारा आदेश जारी

सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह



जनस्वास्थ्य सरोकार, सरोकार, काठमाडौँ । कोरोना संक्रमण जोखिम कम नभएको भन्दै अनावश्यक भीडभाड तथा मानिसहरू भेला नगर्न/नहुन जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

जिल्ला प्रशासनले आज राति १२ बजेदेखि लागु हुनेगरी अनावश्यक भीडभाड, मेला—महोत्सव तथा जात्रा लगायत कार्यक्रम नगर्न आदेश जारी गरेको हो ।

ठूला चाडबाड नजिकिएकोले यसका कारण हुने भीडभाडबाट कोरोना संक्रमण पुनः बढ्न सक्ने भन्दै प्रशासनले त्यस्ता गतिविधिमा रोक लगाएको हो ।

चाडबाडका बेला स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी घरभित्रै भेला हुन तथा अनावश्यक रुपमा घर बाहिर भेला हुन नपाउने भनिएको छ । साथै भीडभाड गर्न नहुने तथा सभा, जुलुस, मेला, महोत्सव र जात्रा गर्न नपाइने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले एक आदेश जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्