Logo
|
Thursday 28th March 2024
Logo

epaper

ललितपुरमा १८ वर्षमाथिका सबैलाई भेरोसेल खोप लगाइँदै



जनस्वास्थ्य सरोकार, ललितपुर । आजदेखि ललितपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो ।

जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधाबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको गेलालले बताउनुभयो । आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौंले भने एकहप्ता अघि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्